सिद्धार्थ बैंकले गण्डकी प्रदेशभित्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा १० लाख रकम सहयोग गरेको छ । बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख अमित श्रेष्ठले गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय पृथ्वी सुव्वा गुरूङलाई सहयोग रकमको चेक शनिबार हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा विपद्मा बैंककमार्फत विगतमा समेत सहयोग गरेको स्मरण गराउँदै विश्वव्यापीरुपमा फैलिएको भाइरस नियन्त्रणमा सरकारसँग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख श्रेष्ठलाई उद्धित गदैं बेनी शाखा प्रमुख गणेश पाठकले बताउनुभयो ।कार्यक्रममा मुख्यमन्त्री गुरूङले गण्डकी प्रदेशभित्र कोरोनाको जोखिमलाई नियन्त्रणका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ती प्रयोग गरिरहेको बताउँदै बैंकले गरेको सहयोगले थप सहज हुने भएको बताउँदै धन्यवाद दिनुभयो । बैंकिङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र रहेकोले आवश्यकताअनुसार सुरक्षा अपनाएर सेवाप्रवाह निरन्तर गर्न उहाँले अनुरोध गर्नुभयो ।

सात वटा प्रदेशमा १० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार गण्डकी प्रदेशमा समेत कार्यक्रम गरिएको थियो । सिद्धार्थले आफ्ना हरके शाखाबाट हरेक बर्ष सामाजिक उत्तरदाहित्व अन्तरग विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ । गण्डकी प्रदेशका सिद्धार्थका १७ वटा शाखा रहेका छन् ।