विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण बिरुद्धको अभियानमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

लकडाउनका कारणदैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उद्देश्यले सहकारीले जिल्लाभित्र रहेको एक नगरपालिका र पाँच गाउँपालिकालाई राहत कोषमा जम्मा हुने गरी एक लाख सहयोग गरिएको संस्थाका सचिव हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

लकडाउनका समयमा दैनिक गुजारा चलाउन समेत कठिनाईलाई मध्यनजर गरी बेनी नगरपालिका र मालिका गाउपालिकालाई २०÷२० हजार, मंगला, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई १५÷१५ हजार रुपैयाँ उपलब्ध गाइएको सहकारीका बरिष्ठ म्यानेजर सदन कँडेलले बताउनुभयो ।

केन्द्रिय कार्यालय दरबाङमा रहेको सहकारीको बेनी नगरपालिकाको बेनीबजार, सिंगा तातोपानी सहित मंगलाको बावियाचौर, धवलागिरीको ताकम, रघुंगागको भगवती र अन्नपूर्णको पोखरेबगरमा रहेको छ । सहकारीले सामाजिक उत्तरदाहित्व अन्तरगत उक्त सहयोग गरिएकाले भविस्यमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।