विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी म्याग्दी प्रवासी नेपाली संघ मोना अस्ट्रेलियाले म्याग्देलीको तथ्याङ्क संकलन तथा समस्यामा परेकालाई राहत अभियान सुरु गरेको छ ।

संक्रमणको जोखिमलाई मध्यनजर गरी मोनाले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा बसोबास गर्नेलाई आफ्नो ब्यक्तिगत विवरण उपलब्ध गराउन अपिल गरेको छ।‘यस्तो जोखिमको बेलामा हामी सबै सम्पर्कमा हुनुपर्छ,‘एउटालाई समस्यामा परेमा तत्काल सबैले सहयोग गर्नुपर्छ’ अध्यक्ष मुक्ति रोकाले भन्नुभयो ।

मोनाले म्याग्देलीको सुख र दुख दुबैमा साथ दिने गरी विगतमा गरेका कार्यहरुलाई यो अवस्थामा थप सक्रियता आवश्यकता रहेको बताउँदै मिडिया संयोजक एवम् कार्यसमिति सदस्य हिक्मत श्रेष्ठको संयोजकत्वमा तथ्याङ्क संकलनलाई सामाजिक सञ्जाल र संस्थाको फेसबुक पेजमार्फत अनुरोध गरेको छ।

‘बच्न र बचाउनका लागि हातेमालो गरौं,‘हामी सबै सुरक्षित हुन यो तथ्याङ्क संकलन अभियानमा साथ दिनुहोला’ संयोजक श्रेष्ठले भन्नुभयो । कसैलाई कोरोना पोजेटिभ देखिएमा हेल्प डेक्स स्थापना गर्ने, चिकित्सकसँग परामर्श लिने, नियमित स्वास्थ्य परीक्षण लगायतका सुविधाहरुमा समेत मोनाले सघाउने प्रतिबद्धता जनाएको छ ।

अनलाइन फर्म भर्न यहाँ जानुहोला

मोना अस्ट्रेलियाले अनलाइन तथ्याङ्क संकलन सुरू