बेनी नगरपालिका–६ बाँसबोट वरदान पशुपक्षी फार्मका सञ्चालक दुर्गाप्रसाद पौडेलले लकडाउनमा दुध नबिकेपछि दैनिक ५० लिटर दुध भैसीलाई नै खुवाउँछन्।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड म्याग्दीको–१९) को संक्रमणको त्रासले बेनीबजारमा बसोबास गर्ने गाउँतर्फ लागेपछि पौडेलले १७ वटा भैसीबाट दैनिक २ सय लिटर दुधमा विहान एकपटक मात्रै बजारमा लैजान्छन् ।

एकपटक मुस्किलले ६० लिटर दुध विक्री गर्ने गरेका पौडेलले दैनिक १४ हजार घाटा खानुपरेको बताए। ‘दैनिक ५० लिटरको हाराहारीमा भैसीलाई नै खुवाउँछु,‘कुराउनी पनि विक्री हुदैन’ पौडेलले भने । उनले जिल्लाभरका दूध उत्पादक किसानहरु लकडाउनले विस्थापितको खतरामा पुगेको बताए ।

Gepostet von बेनीअनलाइन – Benionline.com.np News am Sonntag, 29. März 2020

उनले विहान–बेलुकी अन्य विकल्प नहुदाँ दुध खेर गएको बताउँदै लकडाउन लम्बिए धेरै किसानहरु ब्यवसायबाट विस्थापित हुनुपर्ने बताए । बेनीबजारमा दैनिक २ सय लिटर दुध ल्याउने गरेका पौडेलजस्तै बेनी नगरपालिकाभित्रका दुग्ध संंकलन केन्द्रको दुध समेत खेर गएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्राविधिक सुवास रेग्मीले बताए।

‘लकडाउनले किसानलाई दैनिक लाखौं घाटा भइरहेको छ,‘उहाँहरुको समस्यालाई हेरेर बस्नुको विकल्प छैन्’ रेग्मीले भने। उनले बेनी नगरपालिका भित्रका दुग्ध किसानको समुहले दैनिक १ हजार र एकल किसानले करिव १५ सय लिटर दुध उत्पादन गर्ने गरेकोमा करिव ४० प्रतिशत मात्रै विक्री भइरहेको बताए ।

बेनीबजारमा नगरपालिका बाहेक मंगला गाउँपालिकाको बरंजा र छिमेकी जिल्ला जलजला गाउँपालिकाको विभिन्न बस्तीहरुबाट समेत खपत हुने गरेको छ । करिव ४० जनाले बिहान–बेलुकी मोटरसाईकलमा ल्याउने गरेका छन् । जिल्लाको सहायक बजारमा समेत ब्यक्तिगत प्रयोग बाहेक दुधको खपत छैन् ।

पोल्ट्री ब्यवसाय पनि संकटमा
लकडाउनले पोल्ट्री ब्यवसाय समेत संकटमा परेको छ । बेनी नगरपालिका–५ चुत्रेनीका रामप्रसाद श्रेष्ठको कुखुरा फर्ममा बजारमा लैजान तयारी अवस्थामा १५ सय भन्दा धेरै कुखुरा फर्ममै रहेको छ । त्यस्तै बेनपा–२ बगरफाँटका डेकबहादुर कार्कीको समेत फर्मभित्र कुखुरालाई बिक्रीसँगै दानाको अभावले समस्यामा परेका छन् ।

पोल्ट्री फर्ममा करिब लाखौंको कुखुरा मर्ने अवस्थामा रहेको ब्यवसायीले बताएका छन् । बजारमा दानाको अभाव भएकाले भोकभोकै राख्नुपर्ने अवस्था आएको ब्यवसायीको गुनासो छ ।