CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

कोभिड–१९ को महामारीसँग विश्वका सयौं मुलुकहरू जुधिरहेको अवस्थामा सम्भावित सङ्क्रमण रोक्न नेपालले पनि चैत्र ११ गतेदेखि देशलाई लकडाउन घोषणा गरेको छ। लकडाउनको घोषणासँगै हजारौंको संख्यामा सहरबजारबाट विना योजना गाउँघरमा फर्किएका छन्।

सहरबजार समेत सुनसान छ, वित्तिउ संस्थाहरु बन्द अवस्थामा छन्। यातायात तथा मानिसहरूको हिँडडुल बन्द प्रायः छ। कोरोनाको संक्रमणको जोखिमले लकडाउनमा गाउँघरमा समेत हिँडडुलमा कडाई गरिएको अवस्थामा घरमै बस्नुपर्ने अवस्था छ। पूर्वयोजनामा गाउँघरमा नपुगेका धेरैलाई मोवाईलमा ब्यालेन्स र इन्टरनेट चलाउन समेत समस्या भइरहेको छ।

अति आवश्यक मोवाईल र इन्टरनेटका लागी प्रयाप्त ब्यालेन्स मात्रै होईन सामान खरिद तथा अन्य सेवाका लागि समेत घरमै बसेर भुक्तानी गर्न मिल्ने प्रक्रियाका बारेमा जानकारी नहुदाँ समस्यामा परेको देखिन्छ। लकडाउनले घरमै बस्नेहरुलाई नेपालको पहिलो र धेरै ले प्रयोग गर्ने भुक्तानी सेवा प्रदायक ९इसेवा० मार्फत समेत आफ्नो दैनिकी चलाउने प्रयास गरेका छन् ।

बेनीबजार न्यूरोडका रहेको रघुगंगा जुस कर्नर एण्ड डेरीले लकडाउनको अवधीमा करिव २० हजारको रिचार्ज गरेको सञ्चालक प्रमोद शर्माले बताए । ‘इसेवा भरपर्दो माध्यम बनेको छ,‘फलफुल र दुधजन्य पदार्थ खरिद गर्दा समेत इसेवाबाटै भुक्तानी गर्छन्’ शर्माले भने। उनले इसेवाबाट लकडाउन अवधीमा करिव ३५ हजारभन्दा धेरै कारोबार इसेवाबाटै गरेका छन् ।

म्याग्दीमा इसेवाको जोन एजेन्टको जिम्मा पाएको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले इसेवा लिन चाहनेलाई घरबाटै सेवा दिइरहेको छ। सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले सहकारीका सेयर सदस्यलाई मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी गरिरहेको छ भनेअन्य ब्यवसायीक सेवाग्राहीलाई समेत सेवा दिइरहेको बताए ।

‘लकडाउनले सहकारीको सेवा प्रवाहमा समस्या भएपनि हामीले सेवाग्राहीलाई घरमै बसेर सेवा दिइरहेका छौ,‘बैकको खातामा समेत इसेवामार्फत रकम जम्मा गरेका छौ’ सुबेदीले भने । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने सेवा दिएकाले सहज भएको सुबेदीको भनाई छ ।

केही सेवाग्राहीको इसेवा खाता नभएको अवस्थामा आपतकालिन अवस्थामा सामान लिने संस्थामा समेत पैसा पठाइदिएर सेवा दिइरहेको प्रबन्धक सुबेदीले भने। उनले इसेवाको खाता खोल्न चाहनेलाई समेत परामर्श र आवश्यक जानकारी दिने गरेको बताए । इसेवाबाट उपयोगकर्ताहरुले सहज र सरल तरिकाले विभिन्न सेवाहरुको भुक्तानी गर्ने भएकाले समेत ग्राहकको संख्या समेत ह्वात्तै बढेको बताए ।

यसरी खोल्नुहोस् इसेवामा खाता

नेपालमा अन्य भुक्तानी सेवा प्रदायक संस्था भएपनि इसेवा सहज र धेरै प्रयोग गर्ने गरिन्छ । तरपनि, धेरैले यो सेवा लिन अलमलमा परेका छन् । घरमै बसेर धेरै सेवा लिन सकिने इसेवामा खाता खेल्न सकिन्छ । घरमै बसी बसी बिल तिर्न सकिन्छ । काउन्टर धाई राख्ने झन्झट भएन, नगद ट्रान्स्फर गर्न बैंकमा जानुपदैन् ।

आफ्नो इसेवा खातामा पैसा राख्न उपयोगकर्ताहरुको खातामा जम्मा गर्न सकिन्छ । मोबाईल रिचार्ज गर्न पसल जादाँ लाग्ने समयको बचत हुन्छ । यात्रामा पैसा चोरी हुने डर पनि हुँदैन । यस्तो अवस्थामा तपाईले मोवाईलको प्ले स्टोरमा गई भ्कभधब डाउनलोड गरी विवरणहरु भर्न सक्नुहुन्छ ।
थप जानकारी चाहिएमा नेत्रराज सुबेदी ९८५७६५२०५७