कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई पर्वत बेनीका यूवाहरुले खाद्यान्न साम्रागी सहयोग गरेका छन् । दुईसाता लकडाउनका कारण दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जान थालेपछि भोकभोकै पर्ने अवस्थालाई मध्यनजर गरी पर्वतको जलजला गाउँपालिका–३,वारीबेनीमा रहेको नब उत्साही समुहले २० जना विपन्नलाई खाद्यान्न सहयोग गरेको क्लवका किरण कार्कीले बताउनुभयो ।

खेलकुद, सरसफाई, विकास निर्माण लगायतका अभियानमा सक्रिय रहेको क्लवले प्रत्येक मजदुरलाई ७ केजी चामल,१ केजी दाल,१ केजि नुन, २ पोका तेल, २ पोका भुजा, २ वटा साबुन, ३ वटा चाउचाउ र १ पोका सायाबिन सहयोग गरेको क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा स्थनीय पदम थापा मगरले समेत १ हजार ५९ रुपैयाँ सहयोग गर्नुभएको थियो । ‘ज्याला मजदुरी गरेर बिहान बेलुकी छाक टार्न समेत गाह्रो हुने विपन्न परिवारलाई हाम्रो साथ छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । समुहले उहाँका समुहले आयोजना गरेको तेस्रो उत्साही कपबाट बचत भएको रकमबाट उक्त सहयोग गरिएको हो ।

विज्ञापन