छोरीमाथि जबरजस्ती करणीकाे आरोप लागेका बावुले गरे हिरासतमै आत्महत्या

0

आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेकाे आरोप लागेका एक बावुले प्रहरी हिरासतमै आत्महत्या गरेको रहस्य खुलेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ ढोडेकोल बाडीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै ती बावुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेकाे थियाे । साे पश्चात प्रहरीले करिब १ महिनाअघि उनलाई हिरासतमा लिएको थियो ।

श्रीमानले १६ वर्षिया छोरीलाई बलात्कार गरेको थाहा पाएकाे भन्दै श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । खबर पाएलगत्तै प्रहरीले बावुलाई प्रकाउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

आरोपित ती पुरुषलाई इलाका प्रहरी कार्यालय पिपराले जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरेको बताइरहेको बेला आत्महत्या गरेको घट्ना गोप्य स्रोतले बताएको छ । घट्नालाई प्रहरीले बाहिर ल्याएको छैन ।अहिले आरोपित बावुकाे घरपरिवारमा मानिसहरू जम्मा हुने क्रम बढेको छ । बिहान इलाका प्रहरी कार्यालय पिपराको हिरासतमै उनले पासो लगाई अमत्महत्या गरेको गोप्य स्रोतले जानकारी दिएको हाे ।

Leave a Reply