ढोरपाटन-५ अधिकारीचौरका युवामा कोरोना नभएको पुष्टि

0

बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारी चौरका एक युवाको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई कोरोना नभएको पुष्टि भएको हो ।
बागलुङकी कोरोना संक्रमित युवती सवार विमानमा आएका उनको नमुना परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

गत चैत्र ४ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै नेपाल आएको कतार एयरवेजको क्यूआर ६५२ मा सवार दुई युवतीमा कोरो भाइरस पुष्टि भएपछि ती युवाको पनि स्वाब परिक्षण गरिएको थियो ।

सोमबार स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्लीप्रसाद आचार्यको नेतृत्वमा डाक्टरहरुको टोली घरमै पुगेर घाँटीको स्वाब संकलन गर्नुभएको थियो । उक्त स्वाब बुधबार राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइ परिक्षण गरिएको थियो ।khabarway.com

Leave a Reply