मंगलाको कोरोना कोषमा उपाध्यक्ष केसी परिवारले ५० हजार सहयोग

0

म्याग्दीको मंगला गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागी बनाएको कोषमा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको परिवारले ५० हजार सहयोग गरेको छ ।

गाँउपालिकाको ३० लाखको कोभिड–१९ रोकथाम तथा नियन्त्रणक कोषमा ५० हजार थप गरेको उपाध्यक्ष केसीले बताउनुभयो । बहिनीको विवाहमा सहभागी हुन गएको बेलामा लकडाउनले हवाईसेवा बन्द भएपछि रोकिनुभएकी केसीले कोषमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।

कोषमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले ब्यक्तिगत रुपमा १ लाख सहयोग गरिसक्नुभएको छ । समितिका अध्यक्ष समेत रहनुभएका रोकाको अध्यक्षतामा बसेको बैठकले कोषमार्फत कोरोना रोकथाम अभियानलाई थप प्रभावकारी बनाउने घोषणा गर्नुभएको थियो । उक्त कोषमा रकम जम्मा हुने क्रम सुरु भएको छ ।

Leave a Reply