ढकालले चैत्र महिनाको करिब एक लाख घरभाडा मिनाह

0

समाजसेवी बलभद्र ढकालले काठमाण्डौमा होटल सञ्चालन गरिएको आफ्नो घरको चैत्र महिनाको करिव एक लाख घरभाडा समेत मिनाह गर्नुभएको छ । दुई साता लामो लकडाउनमा मारमा होटल ब्यवसायी परेकाले समस्यालाई मध्यनजर गरी काठमाण्डौको टोखा नगरपालिकामा अवस्थित घरको ९६ हजार भाडा मिनाह गर्नुभएको हो ।

म्याग्दीको मंगला गाउँपालिका-५, पिपलबोट निवासी ढकाल र धर्मपत्नी नन्दकलीले कोरोना भाइरसको जोखिमले कारोबार ठप्प भएको अवस्थामा ब्यवसायीबाट भाडा लिनु अन्याय हुने भन्दै मिनाह गर्नुभएको म्याग्दी किराँत गेष्टहाउसका सञ्चालक सुरेन्द्र ढकालले जानकारी दिनुभयो ।

‘एक महिनाको घरभाडा मिनाहले ठूलो राहत मिलेको छ,‘फागुनको अन्तिम देखिनै पाहुनाको चाप घट्दै गएको थियो,‘गोगबुमा यो भाडा मिनाहले अन्य घरधनीलाई समेत दवाव मिलेको छ’ ब्यवसायी ढकालले भन्नुभयो । घरधनी ढकालले काठमाण्डौमा रहेका जिल्लामा समेत विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग गर्ने गर्नुभएको छ ।

Leave a Reply