गलेश्वर मन्दिरले दिएको सटरको चैत्र महिनाको भाडा मिनाह, कोरोना बिरुद्धको अभियानमा सघाउने

0

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरको मातहतमा रहेका ब्यवसायीक सटरको चैत्र महिनाको भाडा मिनाह गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी कोषले भाडामा दिएको फुलप्रसादी बिक्री गर्ने सातवटा सटर र एक क्यान्टिनलाई चैत्र महिनाको ४७ हजार ६ सय मिनाह गरेको कोषका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो।

‘ब्यवसायीहरुको समस्यालाई मध्यनजर गरी यो निर्णय गरेका छौ,‘कोषले आवश्यकता परेमा थप निर्णय गर्छ’ रेग्मीले भन्नुभयो । कोषले जिल्लामा कोरोना भाइरस विरुद्धको अभियानमा आवश्यकता परेमा सहयोग गर्ने जनाइसकेको छ।

कोषका अध्यक्ष रुद्ध बहादुर केसीले कोषका संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसँगको छलफल र परार्मसबाट आवश्यकता परेको क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । उहाँले गलेश्वरमा रहेका बृद्धबृद्धालाई भोजन सहित नियमित स्वास्थ्यचेकजाँच, आवश्यकता परेमा अलपत्र परेका तिर्थयात्रीलाई समेत भोजनको ब्यवस्थापन लगायत गलेश्वर बजारभित्र कार्यक्रममा सघाउने जनाएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा जाने गरेको अवस्थामा मन्दिरले भजनकृतन, पूजाआजा रोकपनि पूजारीले नियमित पूजामात्रै गर्ने गरेका छन् ।

Leave a Reply