भारतमा कोरोनाबाट एकैदिन १४ जनाकाे मृत्यु

0

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ । बिहीबार मात्रै भारतमा १४ जनाकाे मृत्यु भएकाे विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

भारत कुल संक्रमित २ हजार ५४२ पुगेकाे छ । पछिल्लाे २४ घण्टाभित्र भारतमा ५४४ जना नयाँ संक्रमित भेटिएका छन् । बिहीबार बिहानसम्म भारतमा कुल संक्रमित १ हजार ९९८ थियाे ।

हालसम्म भारतमा १९१ जना निको भएर घर फर्किसकेका छन् । बाँकी २ हजार २८० जनामा काेराेना भाइरस सक्रिय रहेकाे छ । विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या १० लाख १५ हजार ४६६ पुगेकाे छ भने काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने ५३ हजार १९० पुगेकाे छ ।

Leave a Reply