मोना हङकङले २५ थान पिपिई सहयोग

0

म्याग्दी प्रवासी नेपाली संघ मोना हङकङले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्लाका स्थानीय तह र बेनी अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

शुक्रबार बेनी अस्पतालमा आयोजित कार्यक्रममा मोना हङकङमार्फत बेनी अस्पताललाई १५ थान र पाँचवटा गाउँपालिकालाई दुई÷दुई थान गरी २५ वटा पिपिई चन्द्रकुमार केसीमार्फत हस्तान्तरण गरिएको थियो । जिल्लामा शिक्षा, स्वास्थ्य, सामाजि तथा मानविय सेवामा बर्षेनी सहयोग गर्ने गरेको मोना हङकङले कोरोनाको महामारीबाट म्याग्दीलाई जोगाउन आवश्यक सहयोग गरिएको बताइएको थियो।

मोना हङकङका अध्यक्ष कर्ण पुनले जिल्लामा कोरोना भाइरस बिरुद्धको अभियानमा भइरहेको प्रयासबाट उत्साहित भएको बताउँदै आवश्यकता परेमा भविस्यमा सहकार्य गर्ने बताउनुभयो। ‘महामारीबाट म्याग्दीलाई जोगाउन खेल्नुभएको भूमिकाले प्रवासमा समेत उत्साहित छौ,‘यो सहयोगले अभियानमा केही सहज हुने अपेक्षा गरेको छु’ पुनले भन्नुभयो ।

मोना हङकङले अस्पतालमा डिजिटिल एक्सरे सहित अन्य उपकरण तथा कोष समेत स्थापना गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply