लकडाउन खुलेलगत्तै एसइई परीक्षाको नयाँ तालिका सार्वजनिक हुने

0

लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा ९एसईई० हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कोभिड–१९ को संत्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको अवस्थामा विद्यार्थी चिन्तित भएको भन्दै लकडाउन लगत्तै एसईईको हुने भएकाले परीक्षाको तयारी गर्न मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले बताउनुभयो ।

परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको शर्माको भनाई छ । चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। शिक्षक महासंघले इन्टरनेट नभएको ठाउँमा विद्यार्थीले आफ्नो समस्या फोनबाट शिक्षकलाई सोध्न सक्ने व्यवस्था गरेको छ ।

म्याग्दी जिल्लाबाट २१ सय ९७ विद्यार्थी सहभागी हुनेमा छात्रा ११ सय १० र छात्र १ हजार ८७ जना रहेको छ । त्यस्तै ग्रेड बृद्धि १७ जना र खुल्ला विद्यालयतर्फ १६ जना विद्यार्थी सहभागि हुने जनाइएको छ । जिल्लाका ९ वटा केन्द्रमा सञ्चालन हुने छ ।

Leave a Reply