मलेसियामा लकडाउनको नियम उल्लंघन गर्ने ४ नेपाली पक्राउ

0

मलेसियामा सरकारको नियम उल्लघंन गरेको आरोपमा ४ नेपालीसहित ६ जना आप्रावासी कामदार पक्राउ परेका छन् । अध्यागमन विभागले उनीहरुलाई मेलक्काबाट पक्राउ गरेको हो । मलेसियन सरकारले कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोग उनीहरुलाई लगाइएको छ ।

पक्राउ पर्नेहरुमा ४४ वर्षीय पूर्ण बहादुर लिम्वू, ३९ वर्षीय पुण्य तामाङ, ३३ वर्षीय दुर्गा बहादुर सार्की र २९ वर्षीय भरोसी सदा रहेका छन् । त्यस्तै उनीहरुसँगै एक पाकिस्तानी र बंगलादेशी नागरिक पनि पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरु सबैलाई तीन महिना कैद र जनही १ हजार १ हजार रिंगेट जरिवाना गरिएको छ । उनीहरुलाई  न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको इजलाशले  सजाय तोकेको हो ।

मलेसियन सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै १८ मार्चदेखि १४ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको थियो । यो अवधिभर अति अत्यावश्यक क्षेत्रका कामदारले मात्रै अनुमति लिएर आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ । Dcnepal.com

Leave a Reply