३४ वर्षीय महिलामा देखिएपछि नेपालमा कोरोना व्यक्तिबाट समुदायमा प्रवेश विश्व स्वास्थ्य संगठनका अनुसार कम्युनि

0
नेपालमा पहिलोपटक व्यक्तिबाट कोरोना भाईरसको संक्रमण समुदायमा प्रवेश गरेको छ । शुक्रबार कञ्चनपुरकी एक ३४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोभिड १९ को संक्रमण  व्यक्तिबाट समुदायमा प्रवेश गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिमका रुपमा हेरेको छ । विश्वका इटली, फ्रान्स, जर्मनी, स्पेन, अमेरिका, लगायतका मुलुकमा समेत व्यक्तिमा सिमित संक्रमणको असर खासै थिएन । जब व्यक्तिबाट कोरोनो भाइरसको संक्रमण समुदाय प्रवेश गर्न थाल्यो ती देशको संक्रमण नियन्त्रण बाहिर पुगेको थियो । शुक्रबारको घटनाले नेपालमा अब कारोनाको संक्रमण थप जटिल र महामारीको संकेत गरेको छ । कञ्चनपुरमा भएको संक्रमणको लोकल ट्रान्समिसनले यसको संक्रमण नेपालमा पनि सहजै हुन्छ भन्ने देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गदै नेपालमै पहिलो पटक शुक्रबारदेखी कोरोनको संक्रमण व्यक्तिबाट समुदायमा प्रवेश गरेको जनाएको छ । शु्क्रबार पुष्टि भएका संक्रमितमध्ये दुईजना भारतबाट आएका हुन भने एकजना नेपालमै रहेकी महिला हुन  । उनि नेपालमा   चौथो संक्रमित भेटिएका दुबईबाट आएका व्यक्तिकी भाउजु हुन्। हालसम्म नेपालबाहिरबाट आएकामा मात्रै संक्रमण देखिएको थियो ।  ३४ वर्षीय ती महिलामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएपछि  धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार शुरु भएको थियो । पछिल्लो पटक संक्रमित भेटिएका  तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ।

पछिल्लो समय विशेषगरि मध्यपश्चिम र सुदुरपश्चिममा  परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन्। आशंका गरिएका विदेशबाट आएका वा उनिहरुको परिवार परिक्षणका लागी तयार नहुनुलाई  विश्‍व स्वास्थ्य संगठनले सबैभन्दा जोखिम रुपमा लिएको छ ।  डब्लुएचओको प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको कम्युनिटि ट्रान्समिसनलाई महामारी आउनुअघिको दोस्रो चरण मानिन्छ । जसले महमारीलाई निम्ताउने प्रशस्त सम्भावना रहन्छ ।

अहिलेसम्म नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो। यसअघि चैत २० मा कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए। कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो। यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन्। उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन्। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो। त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।  त्यसभन्दा पहिले दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका उनै ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।  कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएका भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।  सुरुमा चीनबाट आएका एक विद्यार्थीमा जनवरी २३ मा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।
सुदुरपश्चिम प्रदेश सरकारले एकैदिन ३ जनामा संक्रमण देखिएपछि लकडाउनलाई थप कडा गर्ने तयारी गरेको छ । tvannapurna.com

Leave a Reply