रघुगंगाको वडा नं ५ र ६ मा राहत बितरण

0

म्याग्दीको रघगंगा गाउँपालिकाको वडा नं ५ झीँ र ६ पाखापानीमा शनिबार खाद्यान्न सामाग्री बितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीको सहयोगमा लकडाउनको कारण समस्यामा परेका बिपन्न परिवारलाइ खाद्यान्न बितरण गरिएको रघगंगा ६ का वडा अध्यक्ष मन कुमार शेरपुजाले जानकारी दिनु भएको छ ।

गाउँपालिकाको वडा नं ५ र ६ का अध्यक्ष, र पाखापानी प्रहरी चौकी समन्वय गरि ५५ बोरा चामल, ११० किलो दाल, ५५ किलो नुन र ५५ पोका तेल बितरण गरिएको अध्यक्ष शेरपुजाले जानकारी दिनु भएको छ ।

राहत बितरण गर्दै गाउँपालीकाका अध्यक्ष भण्डारीले दैनिक मजदुरी गर्ने परिवारलाइ लकडाउनले समस्यामा पारेको हुँदा खाद्यान्न अभावको महशुस गरि ब्यक्तिगत रुपमा सो सहयोग उपलब्ध गराएको बताउनु भयो ।

यसअघि गाउँपालीकाको सबै वडामा रहेका बिपन्न परिवारलाइ खाद्यान्न सहयोग गर्न भनि अध्यक्ष भण्डारीले ब्यक्रिगत रुपमा रु ४ लाख उपलब्ध गराउने घोषणा गरिसक्नु भएको थियो । उक्त खाद्यान्न बितरण टोलीमा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु केबी भण्डारी, ओम छन्त्याल, रघगंगा ७ का वडा अध्यक्ष गमान छन्त्याल, गाउँपालीकाका जिन्सी स्टोर प्रमुख दयाराम पौडेल, पुर्व गाबिस सचीब बल बहादुर खत्री लगाएत सहभागी हुनु भएको थियो । अमित बिश्वकर्मा

Leave a Reply