व्यवसायी केसी दम्पतीले गरे काठमाडौँ र बेनीमा रहेका घरको ३ लाख भाडा मिनाहा

0

समाजसेवी तथा व्यवसायी दिपक केसीको दम्पतीले आफ्नो काठमाडौँ स्थित टोखा-९, म्याग्दीचोकमा रहेको २ वटा घर र बेनीमा रहेको १ वटा घरको एक महिनाको भाडा मिनाहा गरेका छन ।

लकडाउनले मारमा परेका भाडामा बस्ने व्यक्ति र सटर व्यवसायीको मर्का बुझि चैत महिनाको करिव ३ लाख भन्दा बढि भाडा नलिने बताएका छन ।

म्याग्दीको बेनी स्थायी ठेगाना भएका केसी दम्पतीले कोरोना भाइरसको जोखिमले कारोबार ठप्प भएको अवस्थामा व्यवसायी र अन्य भाडामा बस्नेहरुको जनजीवन प्रभावित बनेको भन्दै भाडा लिनु अन्याय भएको निष्कर्ष निकाल्दै यो महिना सबैको भाडा मिनाहा गरिदिएको समाजसेवी दिपक केसीले साझाडबलीलाई जानकारी दिनुभयो ।

समाजसेवामा क्रियाशिल दिपक केसी अहिले अमेरिकामा व्यवसाय गर्दै आउनुभएको छ भने धर्मपत्नी काठमाण्डौमै समाजसेवामा सक्रिय रहदै आउनुभएको छ  Source: sajhadabali.com

Leave a Reply