नडी लोहार आँसु झार्दै भन्छिन्-‘मेरी छोरीलाई घिसारेर खाने यही हो’

0

ओछ्यानमा सुतिरहेकी मेरी ९ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो १’ विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आइपुगिन् । भीडको बीचमा खोरबाट निकालिएको चितुवा थियो । चितुवा गुनडी लोहारको गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।

कोरोना भाइरसको त्रासले ११ दिनसम्म घरभित्र बसेका विलापुरबासी शनिबार नरभक्षी चितुवा हेर्न ठूलो भीड जम्मा गरेर घरबाहिर निस्किए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो ।

चितुवाले २५ जना बालबालिकाको शिकार गरेर स्वराडलाई शोकमा डुबाएकोले मन थाम्न नसकेर घर बाहिर निस्केको धेरैको भनाई थियो । यद्यपि भीडमा सजकता अपनाइएको थिएन । जनप्रतिनिधिसमेत बिना मास्क भीडमा देखिन्थे ।

डाट्रिङ गरेर खोरबाट निकालिएको चितुवालाई होसमा ल्याउन हतारहातर गाडीमा फलामे पिजडाभित्र राखेर होस खुल्ने औषधि दिएपछि गाडी चल्नुअघि स्वराडमा चितुवा अन्तिम पटक पुनः गर्जियो ।

नेपालकै बढी चितुवा प्रभावित जिल्लाका रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै थप चितवा रहेको बरिष्ठ वन्यजन्तु अधिकृत विष्णुबहादुर लामाले बताउए । एक\दुई दिनमै अर्को पनि चितुवा खोरमा फस्छ, लामाले दाबी गरे ।

शुक्रबार बिहान मेलौली नगरपालिका–९, विशालपुरको डाँफेपीपल गाउँमा चितुवा खोरमा फसेको थियो । चितवनबाट रातारात बैतडी आइपुगेको विज्ञ टोलीले शनिबार खोरमा फसेको चितुवाको उद्धार गरेर चितवन लगेका छन् । चितुवा पोथी रहेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ

Leave a Reply