लकडाउनमा मेला, ४ हजारको भीड, झडप हुदाँ १२ जना घाईते

0

कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलामा हजारौं मानिस जम्मा भएर मनाएका छन् । बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको खवर आजको अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

सुदूरपश्चिमका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाले संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिम मानिएको अवस्थामासरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउनको समेत उल्लंघन गरी बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।

गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन् । मेलामा तल्लो छबिस र मल्लो छबिसबीच विवाद भएपछि १२ जना घाइते भएका छन् । सोमबार साँझ ६ बजेतिर झडप भएको हो । जात्रामा भकुण्डो हान्ने बेला झडप भएको थियो । बान्नीकी चैतलीमा स्थानीबीच भकुण्डो खेल्ने र मस्टा देवताका लागि काकर चढाउने प्रचलन छ ।

Leave a Reply