कक्षा ११ र १२ काे परीक्षा बारेमा आज निर्णय हुँदै

0

कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मङ्गलबार निर्णय हुने भएको छ । मङ‍गलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय हुन लागेको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने निर्णय गरेकोमा केही हेरफेर हुनसक्ने छ ।

Leave a Reply