आपतमा परेकी उजेलीको समस्या एनआइसी एशियाका कर्मचारीले पुरा गरिदिए

0

कोराना भाइरस (कोभिड-१९) को जोखिमका कारण लकडाउनले आवतजावतमा समस्या भइरहेको छ । लकडाउनमा घरबाट बाहिर निस्किए सुरक्षाकर्मीको घेरामा पर्नुपर्ने बाध्यताका बिच जलजला गाउँपालिका–८ नाइलीबाङबाट पैदल हिडेर पर्वतबेनीमा आइपुगिन्।

लकडाउनले सवारीसाधन आवतजावत रोकिएसँगै उनले बाटोमा सुरक्षाकर्मीलाई आफ्नो समस्याका बारेमा सुनाउँदै पर्वतबेनीमा पुगेकी उजेलीले आफ्नो खाता भएको एनआइसी एशिया बैंक लिमिटेडको गार्डलाई आफ्नो समस्या सुनाईन् ।

बैंकका गार्डले तत्कालै शाखा प्रबन्धक तुलसीराम आचार्यलाई जानकारी गराए । तत्कालै प्रबन्धक आचार्यले शाखामार्फत उजेलीको समस्या समाधान गर्ने निर्देशन दिए।

एपेन्डिसबाट गण्डकी मेडिकल कलेजमा पैसाको अभावले छटपटाइरहेकी छोरी सबी परियारको उपचारमा आवश्यक पर्ने पैसा उनको मुद्धतीमा थियो।‘पैसा नभए छोरीको ज्यान जान्छ,‘मेरो पैसाले मात्रै हुदैन पठाइदिन सहयोग गर्नुहोला’ उजेलीले भनिन् ।

उनले आफ्नो मुद्धतीमा रहेको केही पैसालाई निकालेर बैंककै कर्मचारीले रेमिट्यान्समार्फत तत्कालै पाउने गरी दिएको सुविधाले उत्साहित भइन् ।‘मेरो समस्यालाई बैंकले साथ दिएको छ,‘गेटमा बस्नुभएकोले सहयोग गर्नुभयो,पैसा मात्रै होईन छोरीले पैसा पाउने गरी पठाइदिनुभयो’ उजेलीले भनिन् ।

उनले बैंकका कर्मचारीले खेलेको प्रयासले छोरीको हातमा पैसा परेपछि मात्रै बैंकबाट घर गएको बताईन् । पदैल हिडेर बैंकसम्म आएकी उजेलीलाई कर्मचारीले खानेकुरा समेत दिए । बैंकका कर्मचारीले दिएको सम्मानबाट उनी उत्साहित हुदै घर फर्किइन् ।

यता शाखा प्रबन्धक आचार्यले उजेलीको समस्या समाधान गर्नु आफ्नो जिम्मेबारी भएको बताए । ‘उहाँको समस्यालाई यो समयमा समाधान गर्न पाउँदा खुसी छौ,‘पैसा लगेर पोखरा जानसक्ने अवस्था थिएन’ आचार्यले भने । एनआइसी एशियाको पर्वतबेनीमा शाखा र म्याग्दीको सदरमुकाम बेनीस्थीत पुस्तकालय चोकमा काउण्टर रहेको छ ।

Leave a Reply