ज्यामरुककोटका गरिब र श्रमिकलाई राहत वितरण

0

बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटले आफ्नो वडाभित्र कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण शुरु गरेको छ।

मंगलबार बगरफाँट र खबरामा वडाअध्यक्ष हिराबहादुर थापा, सदस्य चन्द्रबहादुर कुवँर र वडा सचिव राजाराम शर्मा सापकोटा लगाएत राजनीतिक पार्टीका प्रतिनिधिहरुले राहत वितरण गरेका हुन्।ज्यामरुककोटमा लकडाउनका कारणले आयस्रोत गुमेर प्रभावित भएका पहिलो चरणमा ८९ परिवार राहतका लागि छनोट भएका वडाअध्यक्ष थापाले जानकारी दिनुभयो ।उनीहरुले वडा कार्यालयमा दिएको आवेदनपछि वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अगुवाहरुको बैठकले राहत पाउने छनौट गरेपछि राहत वितरण गर्न थालिएको उहाँले बताउनुभयो।प्रति परिवार एक बोरा चामल, तीन केजी दाल, २ पोका नुन, चार पोका तेल, दुई केजी चिनी र ४ वटा साबुनका दरले वितरण गरिएको छ । वडाका जनप्रतिनिधिहरु मार्फत टोल टोलमा पुगेर खाद्यान्न राहत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य स्थानीय तहहरुमा राहत वितरणका विषयलाई लिएर विभिन्न किसिमका आलोचनात्मक भनाइहरु आइरहेको बेला ज्यामरुककोटमा भने वास्तविक गरिब र श्रमिकको पहिचान गरी राहत वितरण गरिएको र पाउनै पर्नेले मात्र पाएका राहत सामाग्री लिनका लागि आएका पीडितहरुले बताएका छन् ।

Leave a Reply