विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन आवश्यक सतर्कता अपनाउन मोना अन्र्तराष्ट्रिय कार्यकारी समितिले अपिल गरेको छ। विश्वभर रहेका म्याग्देलीको अवस्था बुझ्न मोना आइसीका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा बसेको बैठकमा हालसम्म कोरोनाबाट म्याग्देलीलाई कुनै असर नगरेको बताइएको थियो ।

कोरोना भाइरसको असर तथा रोकथाम, राहत कोष लगायतका विषयमा केन्द्रित भएर बसेको अनलाइन आकस्मिक बैठकमा हरेक राष्ट्रिय समितिमार्फत त्यहाँको अवस्थाका बारेमा जानकारी गराइएको मोना आइसीका महासचिव बिक्रम कार्कीले बताउनुभयो ।

उहाँका अनुसार मोनामा आवद्ध नभएका विभिन्न देशका प्रतिनिधिहरुसँग समेत म्याग्दीबासीहरुको अवस्था र कोरोनाको संक्रमण फैलिएको क्षेत्रमा रहेकाको तथ्याङ्क संकलन गर्ने कार्यलाई समेत अगाडी बढाउने विषयमा छलफल भएको बताउनुभयो । ‘हालसम्म सार्वजनिक रुपमा एक जना म्याग्देलीलाई कोरोना देखिएपनि निको भाइसक्नुभ भयो,‘यो महामारीबाट जोगिन सबै म्याग्देलीलाई अपिल गरेका छौ’ अध्यक्ष जुग्जालीले भन्नुभयो ।

उहाँका अनुसार विश्वका विभिन्न २३ राष्ट्रमा रहेका राष्ट्रिय समितिसँगै मोना गठन नभएका खाडी, यूरोप लगायतका देशहरुमा रहेका म्याग्देलीहरुलाई सम्पर्कमा रहन समेत अनुरोध गरिएको बताउनुभयो।उहाँले एनआरएनएमार्फत समेत मोनाको सञ्जाल नभएका क्षेत्रमा रहेका म्याग्देलीको अवस्थामा बारेमा बुझ्ने प्रयास भइरहेको बताउनुभयो ।

बैठकमा विश्वका अधिकांस देश लकडाउनमा गइसकेको अवस्थामा लकडाउन अवधिभरक घरमै बस्न समेत अनुरोध गरिएको छ। कोरोना भाइरसको संक्रमणको केही महिना अगाडी बैदेशिक रोजगारमा गएकाहरु समस्यामा परेको हुनसक्ने भन्दै मोनाले आपत्कालिन राहत कोषको समेत स्थापना गरेको सचिव रमेश पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सहभागीले कोरोना बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन मोनाले कोष परिचालनसँगै समस्यामा परेकालाई राहत प्याकेजको घोषणा गनुर््पर्नेमा समेत जोड दिएका थिए । मोना आइसीले कोरोना सम्बन्धि आवश्यकता परेमा निरन्तर बैठक सञ्चालन गर्न सक्ने जनाएको छ ।

अस्पताल वा क्वारेन्टाइनमा रहेका म्याग्देलीहरुको सूचना समेत दिन अनुरोध गरिएको छ । बैठकको इटाली, स्पेन, फ्रान्स, अमेरिका लगायत कोरोनाबाट धेरैले ज्यान गुमाएका देशहरुमा समेत हालसम्म कुनै समस्या नभएकाले विश्वभर रहेका म्याग्देलीहरु सुरक्षित रहेको बताइएको थियो ।