नेपाली उखानै छ’’मौकामा चौका’ हान्नुपर्छ’ अभाव र समस्या परेको बेलामा यो उखान ब्यापारीहरुमा धेरै लागु हुन्छ। कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन सरकारले गरेको लकडाउनको अवसरमा पर्वत जलजला गाउँपालिका-३, स्थीत पर्वतबेनीका एक ब्यापारीले ग्यास नै नभएको भन्दै विभिन्न बाहना बनाएर बजार मुल्य भन्दा बढी मूल्यमा ग्याँस बिक्री गरेको पाइएको छ । शुभलक्ष्मी स्टोर्सका सञ्चालक मिनप्रसाद रेग्मीले एक ग्याँस सिलिन्डरको १ हजार ७ सय रुपैयाँमा बेचेको गुनासो पछि अनुगन गरिएको छ। कालोबजारीबाट जोगिन चैत्र १ गतेको मिति राखेर दिप्सन मेटलको नामको बिल प्रयोग गरेर सामान बेचेको पाइएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बेनीअनलाइनलाई बताउनुभयो। ‘बढी मुल्यमा ग्याँस बिक्री गरेको पाइएको छ,‘अनुगमनपछि सचेत बनाएका छौ’ शर्माले भन्नुभयो। उहाँले लकडाउनमा कालोबजारी गर्नेको सूचना उपलब्ध गराउन समेत अनुरोध गर्नुभएको छ।पोखराबाटै डुवानी गरेर ल्याएर गाउँसम्म पु¥याएको ब्यापारीले बताएपनि आवश्यक छानविन भइरहेको शर्माको भनाई छ।गुनासोपछि बारीबेनी प्रहरी चौकीका प्रमुख भरत गौतम सहितको टोलीले समेत पसलको अनुगमन गरेको थियो।

अनुगमनमा भेटिएको बिल सहितको प्रमाणलाई जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको छ । आयल निगमले १३ सय ७५ सय मुल्य तोकेको छ भने ब्यापारीले ढुवानी सहित पुरा सिलिन्डरको १४ सय र आधा सिलिन्डरको ७ सय रहेको छ। उता पसल सञ्चालकले अन्य सामान सहित सवारीसाधनमा डुवानी गर्दा उक्त पैसा लिएको बताउँदै कालोबजारी नभएको दावी गरेका छन् । रेग्मी विगतमा समेत कालोबजारीको आरोपमा विवादमा तानिएका थिए ।