यूरोपियन मुलुक स्पेनमा बुधबारमात्रै नोभेल कोरोना भाइरसको संक्रमणबाट ७५७ जनाको मृत्यु भएपछि नेपालीहरु त्रसित भएका छन्। हालसम्म नेपाली कोरोनाबाट संक्रमित भएका छैनन् ।कोरोना बिरुद्ध स्पेन सरकारले लिएको निती अनुसार नेपालीहरु समेत लकडाउनमा घरभित्रै छन् । रोजगार, ब्यापारको सिलसिलामा धेरै म्याग्देलीहरु समेत स्पेनमा पुगेका छन् । दैनिकजसो ठूलो संख्यामा स्पेनमा बिरामी कोरोनाबाट मर्न थालेपछि बेनीअनलाइनसँग मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीले त्यहाँ रहेका म्याग्देलीको अवस्था र मोनाको योजनाका बारेमा कुराकानी गरेका छन् ।

स्पेनमा रहेका म्याग्दीलीहरुको अवस्था कस्तो छ ?
धन्यवाद, बेनीअनलाइनलाई यो अवसर दिएकोमा। स्पेन आज सम्म आईपुग्दा यो महामारिबाट बच्न तेस्रो पटक गरि जम्मा ४५ दिन लकडाउनको अबस्थामा छ । आज २५ ओं दिनमा छौ । समग्र स्पेनको अवस्था यहांहरुले संचार माध्यमबाट नियालिरहनु भएकै छ । यहांको अवस्था दिन प्रतिदिन भयावह वन्दै गएकोमा विगत २,३ दिनदेखी संक्रमित संख्या र मृत्यूहुनेको सख्यामा केही सुधार आएको देखिन्छ । लगभग अनुमानित १० देखी १५ हजार नेपाली रहेको स्पेनमा करिव ४ हजारको संख्यामा नेपाली कातुलोनिया प्रान्तमा बसोवास गर्छन ।

यहांको सवैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो भो दोश्रो बार्सिलोना अवस्थित कातुलोनिया क्षेत्र जहां हाल सम्म ८ जना नेपालीमा यो कोरोनाको प्रकोपले अस्पताल भर्ना हुनुभएकोमा १ जना सघन उपचार पस्चात पूर्ण निकोभई घरमा फर्किनुभएको छ । अन्य व्यक्तिहरु सामान्य उपचार प्रस्चात यहांको होटेलहरुमा क्वारेन्टायनमा राखिएको र केही दिनको आराम पछि घरमा फर्किने अवस्थामा रहेको जानकारी आएको छ ।

स्पेनमा म्याग्दीलीहरु कति संख्याको हाराहारिमा छन त ?
संस्थाको संस्थापना संगै यहां रहेका म्याग्देलीहरुको यर्थाथ नामावलि संकलनको लागि बारम्वार समित बनाउने र नयां आउने कार्यसमितिले यजेष्डाको रुपमा राखेर काम गर्दा पनि भैगोलिक अवस्था, ठूलो क्षेत्रफल भएको देश तथा म्याग्दीली साथिहरु आफैपनि संस्थासंग समन्वयन गर्न भन्दा सम्पर्कमा आउनै नमान्ने कारणले एकिन डाटा न भएपनि हाल सम्म २ सय देखि २५० को हाराहारिमा म्याग्देलीहरु स्पेनको विभिन्न सहर तथा गाउंमा रहेको अनुमान गर्न सकिन्छ ।

मुख्यरुपमा म्याग्दीलीहरु कुन कुन ठाउंमा बसोबास गर्छन । के सम्पूर्ण म्याग्दीलीहरु तपाईहरुको सम्पर्कमा छन ?
यहांको राजधानि म्याड्रिड भएपनि अधिकांश म्याग्देलीहरु कातुलोनिया क्षेत्रको बार्सिलोनामा बसोवास गर्छन । पर्यटकिय क्षेत्र बार्सिलोनामा रोजगारीको सम्भाव्यता अन्य क्षेत्रमा भन्दा केहीमात्रमा वढी रहेको हुनाले पनि झण्डै ५० प्रतिशत म्याग्देलीहरु यहां बसोवास गर्छन । त्यस्तै बाकी रहेको म्याग्देलीहरु स्पेनको विभिन्न सहरहरुमा छरिएर रहेका छन् जसमा म्याड्रिड, भ्यालेन्सीया, ग्रान कानरिया, बेनिड्रम, पाईस भास्को लगाएतका सहर हरुमा पनि म्याग्देलीहरु रहेका छ ।

अहिले सम्म कुनै म्याग्दीलीलाई कोरोना संक्रमण देखिएको छ कि छैन त ?
समग्रमा भन्नुपर्दा हालसम्म स्पेनको कुनै पनि क्षेत्रमा बसोबास गर्ने म्याग्दीलीहरुमा कोरोनाको संक्रमण देखिएको जानकारी कही कतै बाट आएको अवस्था छैन ।

मोना स्पेनले कोरोना प्रभावित म्याग्दीलीहरुलाई साहयोग गर्न कस्ता कस्ता योजना बनाएकोे छ?
कोभिड १९ कारण विश्वमा महामारि फैलिरहेको अवस्थामा स्पेन दोश्रो वढी प्रकोप भएको देशको रुपमा देखएको छ । यस्तो अवस्थामा विगत २५ दिनदेखी लकडाउनका कारण सम्पूर्ण क्षेत्र (खाद्यान्न र औषधीपसल बाहेक) ठप्प प्रया भएको अवस्था छ । यस्तोमा भर्खर स्पेन प्रवेश गरेका र कागजी प्रकृयामा रहेका केही साथीहरुलाई बस्न, खान लगाएत सामान्य कुराहरुमा समस्या परिरहेको छ र अझै भयावहरुपमा पर्दै जाने निश्चित छ ।

यस्तो अवस्थामा हाम्रो संस्था म्याग्दी प्रवासि नेपाली संघ स्पेनले यहां समस्यामा परेको आफ्ना सदस्यहरुको समस्या पहिचान तथा सहयोग होस भन्ने उद्दश्यले कोषाध्यक्ष पदम पुनको संम्योजकत्वमा विमल खड्का, सुरेश चोखाल र सुनिल घिमिरे सदस्य रहने गरि ०५ अप्रिलमा बसेको अनलाईन बैठकबाट समिति निर्माण गरिएको छ ।

अहिलेको अवस्थामा घर बाहिर निश्कन नपाउने नियम का कारण समस्यामा परेको साथिहरु पहिचान गर्ने र उहांहरुलाई संस्थाको क्षेमता अनुसार आर्थिक सहयोग गर्ने र उक्त आर्थिक सहयोग अवस्था सामान्य भएपछि कम्तिमा ६ महिना देखी १ वर्षमा संस्थालाई फिर्ता गर्ने भन्ने खालको योजना पहिलो चरणको लागि अगाडि सारिएको अवस्था छ । बांकी यहांको अवस्थालाई हेरेर अवस्था बमोजिमको निर्णय गर्ने निर्णय भएकोछ । र सम्पूर्ण स्पेनको जुनकुनै ठाउंमा बस्ने म्याग्देलीहरुलाई पनि यहिं मार्फत आवहन गर्न चाहान्छ यदि केही समस्यामा हुनुहुन्छ भने संस्थाका जो केही साथिहरु संग सम्पर्क गरि सहयोग लिन सकिने जानकारी गराउदछु ।

यो माहामारीबाट जोगिन स्पेन सरकारले कस्ता निति लिएको छ त ?
अहिलेको यो कोरोना महामारिबाट आफ्नो देशका नागरिक र यहां (आश्रित) स्पेनलाई कर्मथलो बनाएर बसेका जोकेहीको लागि स्पेन सरकारले विभिन्न प्रकारका निति नियमहरु अवलम्वन गरेको छ । यसो भन्दै गर्दा स्पेन सरकारको यस्तो निति नियमले पनि जो भर्खर स्पेन प्रवेश गरेका र कागजी प्रकृयामा रहेका जो कोहीलाई यस्तो निति नियमले कुनै राहत हुने देखीदैन ।

यस्तो अवस्थामा धेरै म्याग्देलीहरु केही नयां प्रवेश र केही कागजी प्रकृयामा रहेकाले यहांको सरकारले दिएको सेवा सुविधाबाट बन्चित हुने पक्का छ । काम हुदैगर्दा लकडाउनका कारण बन्द भएका कारण समस्यामा परेको व्यक्तिहरुलाई सरकारको सम्वधित संस्थाहरुवाट कामवाट आउने तलवको ७० प्रतिशत दिने निर्णय भएको छ । घर भाडा दिन न सक्ने अवस्था आएमा बैकबाट ६ महिना सम्मको घरभाडा र हुने खर्च बरावरको रकम बैकमा रिण प्रस्ताव गर्न मिल्ने वनाईएको छ ।

अत्याधिक मात्रमा सार्वजनिक यातयातका साधनहरु कटैती गरिएको छ । बाहिर हिडडुल गर्न अत्यावश्यक काम बाहेक पुर्णरुपमा बन्द गरिएको छ । लकडाउनमा बाहिर निस्किएमा ५०० यूरो देखी अवस्थाहेरी जरीवान गरिन्छ । समग्रमा भन्दा देशलाई लकडाउन बाट नै समस्या मुक्त गर्न सकिन्छ भन्ने मान्यतामा नै सरकार अघि बढेको अवस्था छ । यहांका निजी अस्पतालहरु सरकारले लिएको छ । यहांका ठूला स्टार होटेलहरु पनि सरकारले लिएको छ । जहां अस्पतालमा उपचार पश्चत केहीदिनको क्वारान्टायनमा राख्नको लागि होटेलहरु प्रयोग गरिएको छ ।

अन्त्यमा

विश्वभर छरिएर रहेका सम्पूर्ण म्याग्दीली आमा बुबा, दाजभाई दिदीबहिनीहरुमा अहिलेका यो कोरोना महामारिको अवस्थामा धैरेपूर्वक आ–आफ्नो घर भित्रै बसी अहिलेको महामारीबाट छिटै बाहिर निश्कने शक्ति मिलोस भन्ने कामना व्यक्त गर्दछ ।