कोरोना प्रवास अपडेट: ‘स्पेनमा म्याग्देलीलाई खासै समस्या परेको छैन्’

0

यूरोपियन मुलुक स्पेनको जोना ग्रिसियामा बस्दै आएका बेनी नगरपालिका–७, बिरेन्द्रचोकका अर्विन श्रेष्ठ विगत एक महिनादेखि कोठामै छन्। कोरोना संक्रमणको दर तीव्र देखिएको अवस्थामा श्रेष्ठले आवश्यक खाना सहित कोठामै सुरक्षित साथ बसेका छन् । उनीजस्तै स्पेनमा रहेका म्याग्देलीहरू सरकारले गरेको लकडाउनलाई पालना गदैं सुरक्षित बासस्थानमा बसीरहेका छन् । अर्विन श्रेष्ठ

‘बाहिर निस्कने अवस्था छैन्,‘यहाँ सरकारी नियम विपरित जानेलाई कडा कारवाही छ’श्रेष्ठले भने। उनले कोठामा प्रयाप्त खानेकुरा राखेर कोरानाको संक्रमणबाट जोगिने प्रयासमा रहेको बताए। बुधबारमात्रै नोभेल कोरोना भाइरसको संक्रमणबाट ७५७ जनाको मृत्यु भएपछि नेपालीहरु त्रसित भएपनि कोरोना बिरुद्ध लड्ने एउटै विकल्प घरभित्र सुरक्षित बस्नु भएको म्याग्देलीको भनाई छ ।

मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीले अन्य युरोपियन मुलुकभन्दा स्पेनमा कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा सतर्कता अपनाउनुपर्ने बताए।‘हालसम्म सबै म्याग्देली सुरक्षित छौ, सबैसँग सम्पर्कमा रहेका छौ’ खत्रीले भने ।

उनले मोनामार्फत विभिन्न माध्यमबाट सूचना आदानप्रदान गरी स्पेनका विभिन्न क्षेत्रमा रहेका म्याग्देलीलाई आफ्नो घरभित्र सुरक्षित रहन अपिल गरेको बताए । उनले स्पेनभित्र रहेका म्याग्देलीलाई एनआरएनए लगायत अन्य जातिय संघसंस्थामार्फत समेत पहल भइरहेको समस्यामा परेमा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । स्पेनमा करिव २ सय को हाराहारीमा म्याग्देली रहेको अनुमानगरिएकोमा सबैभन्दा धेरै राजधानी मड्रिडमा बासोबास गर्छन् । मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्री

दोस्रो संक्रमित क्षेत्र कातलोनिया एरिया जहाँ बार्सिलोना समेत पर्छ भने कानरियपाईस भस्को, बेनिद्रम लगायतका ठाउमा न्यून संख्यामा म्याग्देली छन् । स्पेनमा रहेका म्याग्देलीको आधा हिस्सा बार्सिलोनामा रहेको अध्यक्ष खत्रीले बताए ।

बेनीअनलाइनसँग कुराकानी गदैं अध्यक्ष खत्रीले युरोपका अन्य मुलुकमा भने कोरोना संक्रमणको अवस्थाको सुधार भइरहेको अवस्थामा स्पेनमा थप सर्तकता आवश्यकता रहेको बताए । उनले घरबाहिर निस्कने अवस्था नभएपनि सामाजिक सञ्जाल, मोवाईलबाट समस्या आदानप्रदान गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply