कोरोना कुवेत अपडेट: म्याग्देलीहरुको अवस्था यस्तो छ

0

कुवेतमा म्याग्दी जिल्लाको विभिन्न ठाउँबाट रोजगारीको सिलसिलामा झण्डै २ हजार भन्दा बढी म्याग्देलीहरु आएका छन । सामान्य लेबरको काम, प्राइभेट कम्पनीमा कार्यालय अफिसर, सेक्युरिटी अफिसर, ड्राइभर, मेकानिक लगायत केही घरेलु कामदारको रुपमा कार्यरत छन । विश्वमा अहिले कोरोना भाइरसको संन्त्रास फैलिएको छ ।

जस मध्य कुवेतमा पनि ८ अप्रिल सम्ममा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली कामदार मात्र ३ जनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस संक्रमण भएका ब्याक्तिहरु नेपालको कुन ठाउको र कुवेतमा कुन कम्पनीमा कार्यरत छन भन्ने बारेमा खुलाइएको छैन ।

कुवेत सरकारले मार्च १३ देखि लकडाउन गरेको छ । माबुल्ला, जलिब लगायतका ठाउमा २४ सै घण्टा कर्फ्यु लागेको छ भने अन्य एरियामा बेलुका ५ बजे देखि बिहाना ६ बजे सम्म कर्फ्यु लगाएको छ । सार्वजनिक बस, ट्याक्सीहरु पनि पुर्णरुपमा बन्द छ । प्राइभेट केही कम्पनीमा काम बन्द भएको छ भने केही सरकारको स्वामित्व रहेका पेट्रोलियम कम्पनिमा काम चालू रहेको छ ।

कुवेतमा कार्यरत म्याग्देलीहरुमा सायद अहिले सम्ममा कोरोना बाट कोहि पनि संक्रमण नभएको पाइएको छ । दैनिकी उपभोग्य खाद्यान्न सामाग्रीहरुको पसल खुला रहेको छ । प्राइभेट व्युटिपार्लर, हर्बल स्पा, हजाम, सपिङ्ग महल पुर्ण रुपमा बन्द भएको छ । होटल रेस्टुरेन्टबाट खाना डेलिभरी गर्न दिएको छ तर त्यही बसेर खानको लागि मनाही गरेको छ । म्याग्देलीहरु कसैले पनि अहिले सम्ममा कर्फ्यु उल्लंघन गरेको पाइएको छैन । मोना कुवेतले समेत म्याग्देलीलाई आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेको छ ।

मोना कुवेतमार्फत म्याग्देलीलाई सुरक्षित बस्न र कोरोनाको संक्रमणबाट जोगिन स्वास्थ्य सम्बन्धि सूचनाहरु अनुसार प्रयोग गर्न समेत अनुरोध गरेको म्याग्देलीको भनाई छ । अहिले सम्ममा जनजीवन केही मात्रमा सामान्य नै रहेको पाइएको छ । कोरोनाको महामारी बढी नै फैलियो भने कस्तो परिस्थिति आउने हो त्यो भने आकलन गर्न सकिएको छैन ।

कुवेत सरकारले भाडामा बस्नेहरुको लागि अप्रिल र मे महिनाको घरभाडा मिनाह गरिदिन घर धनी संग आग्रह गरेको छ । कतिपय घरधनीले घरभाडा पुरै मिनाहा गरिदिएको छ भने कतिपयले घरभाडा आधा मिनाहा गरिदिएको छ । कुवेत सरकारले कम्पनी छोडेर ईलिगल भई भसेकाको लागि एम्नेष्टी खुलाएको छ। सिभिल आइडी, पासपोर्ट नभएका पनि पुनः कुवेत आउन मिल्ने गरि घर फर्किन पाउने भएका छन ।

म्याग्देलीहरु पनि ठुलै संख्यामा ईलिगल रहेको पाइएको छ । कोरोनाको कारणले नेपालमा पनि अस्तव्यस्त भएको हुदा अहिले सम्ममा नेपाल सरकारको कुटनैतिक नियोगबाट कुनै सूचना सम्प्रेषण भएको छैन । सायद अब केही दिनमा एम्नेष्टी बारेमा दूतावासले पक्कै सूचना जारी गर्ने चन्द्र गोतामले जानकारी दिनुभयो । कुनै समस्या परेमा तत्काल सम्पर्क गर्न समेत मोना कुवेतले अनुरोध गरेको छ ।अनुप बानियाँको सहयोगमा

Leave a Reply