युएईमा कोरानाको प्रभाव : म्याग्देलीहरुको अवस्था

0

प्रदिप सुबेदी/ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले मध्यपुर्बमा रहेको नेपालीहरुको रोजगारिको लागी आकर्षक गन्तब्य मानिदै आएको युएई मा पनि गहिरो प्रभाब जमाउदै गैरहेको छ । पछील्लो रिपोर्ट केलाउने हो भने कोरोना संक्रमण बिरामी को संख्या सयौको दरले बढीरहेको छ । करीब तेस्रो स्टेजमा पुगेको युएई मा आज सम्म २६५९ जना संक्रमित, १२ जनाको मृत्यु र २३९ जना बिरामी निको भएर घर फर्किसकेका छन ।जसमा संक्रमित नेपालीहरु ११ जना मध्य २ जनाको सफल उपचार भएको छ भने बाँकी ९ जना को स्थिती सामान्य रहेको र निशुल्क उपचार भईरहेको नेपाली राजादुताबासले जनाएको छ । यसैबिच एक हप्ता पहिले मृत्युन भएकी रुपन्देहीकी एक ४० बर्षिय युबतिमा पनि कोरोना भाईरसको संक्रमण देखिएको पुलिस रिपोर्ट मा जानकारी आएको छ ।

पर्यटकको गन्तब्यको रुपमा रहेको दुबई मा रहेका धेरै होटेलहरु करीब ४ साता देखी नै बन्द प्रया छन । करीब ४ लाखको हाराहारीमा रहेका नेपालीहरुको धेरै को रोजगारी रेस्टुरेन्ट र होटेलमा भएको ले कसैलाई सुरुमै कम्पनिहरुले लामो बेतलबी बिदा दिएर फ्लाइटहरु बन्दहुनुपुर्ब नै घर पठाइसकेको छ भने कतिपयलाई सेल्फ क्वेरन्टाइनको लागि निजहरुको क्याम्प होस्टलहरुमा राखेको छ ।

मार्के्टिङ, नर्सिङ, इसेन्थियल इन्डस्ट्रिजहरु सुचारु रहेको ले यहाँ काम गर्ने नेपालीहरु भने दैनिक कामहरु मै गईरहेका पनि छन । युएई मा रेस्टुरेन्टमा गएर खाना पाईदैन, सुपरमार्केट मा जड अनिबार्य ग्लोब र मास्क लगाउनु पर्छ।

शहरमा नेसनल स्ट्रेलाइजेसन को काम चलेको ले राती ८ बजे देखी बिहान ६ बजे सम्म इमरजेन्सी बाहेकका काममा कोही पनि बाहिर जान पाइदैन भने दुबई ले यो स्ट्रेलाइजेशनको काम २ हप्ताको लागि २४ सै घण्टा राखेको हुँदा अहिले लकडाउन को जस्तै माहोल छ । अपरिहार्य कामको लागि बाहिर जानको लागि अनलाइन पास बनाउन सकिनेछ नत्र अनाबस्यकरुपमा बाहिर भेटिएको अवस्थामा ठुलो फाइन लाग्ने ब्यबस्था गरिएको छ ।

श्रोतका अनुसार करिब ५ लाख मनिसहरु को परिक्षण बाट करिब २६ सय संक्रमित भनेको ठुलो बिकरालको रुपमा नभएपनी यहाँको सरकारले हर संभाबित जोखिमको लागि उच्च तयारी गरेको हुनाले यहाँ काम गर्ने नेपालीहरु ले पनि सुरक्षित महशुस गरेका छौ । युएई सरकारले निजी कम्पनीहरुको ब्यवसाय स्टेबल राख्नको लागि आफ्न कामदार घटाऊन,तलब घटाऊन वा बेतलबी बिदामा राख्न पाउने नियम बनाइदिएको छ यसले पक्कै पनि नेपालीहरुलाई पनि असार गर्ने छ ।

युएई मा यतिनै म्याग्देलीहरु को संख्या यकिन नभएपनी करीब ५ हजार हुन सक्ने अनुमान गरिएको छ । अहिले सम्म कोरोना बाट म्याग्देलीहरु कोहिपनी संक्रमित नभेटीए पनि उच्च सतर्कता अपनाउन कम्पनीको रुल रेगुलेसन मान्न र केही अप्ठ्यारो परेमा मोना युएई मा संपर्क गर्न बिभिन्न माध्यमबाट सुचना गरिएको जानकारी अध्यक्ष रुद्रबहादुर रोकाले जानकारी दिनु भयो ।

होटेलमा काम गर्ने २–४ जना साथीहरुको रोजगार गुमेको र कसै कसैको भिषा सकिएर बसेको जानकारी आएपनी युएई सरकारले भिषा सकिएपनी डिसेम्बर को अन्तसम्मका लागि कुनै फाइन नलाग्ने नियम बनाएको ले त्यती अप्ठ्यारो नपर्ने मोना युएईका सचिब काजिमान बुढाथोकीले बताउनु भयो ।

बिदेशमा हुने हामी हरु यहाँको नियम कानुन लाई मानेर आफुले सतर्कता अपनाइरहेका छौ यदी कदापी संक्रमित भएपनी युएई सरकारले पूर्ण निशुल्क उपचार गरिदिने हुनाले मनमा त्यती डर त छैन तर विश्वा नै अक्रान्त भैरहेको यो बिकराल अवस्थामा हाम्रो देश नेपालमा पनि सरोकारवालाले रोकथामको राम्रो ब्यब्स्थापन गरिदिए हाम्रो देश र परिवार सुरक्षित हुने थियो अनी प्रबासमा बसेपनी चैनले दिनाचार्य बिताउन पाउने थियौ । आशा गरौ हामीले कोरोनालाई परास्त गर्न सक्छौ । घरमै बसौ सुरक्षित रहौ !!
लेखेक मोना यूएईका संस्थापक अध्यक्ष समेत हुन् ।

Leave a Reply