कतारमा कोरोना: कम्पनीभित्रै बसेर जोगिएका छन् म्याग्देली

0

कतारमा कोभिड(१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि त्यहाँ रहेका म्याग्देलीलाई उच्च सतर्कता अपनाउन मोना कतारले सावर्जनिक सूचना सहित विभिन्न माध्यमबाट अपिल गरिरहेको छ ।

म्याग्देलीहरुको खाडीमुलुकमा सबैभन्दा आर्कषक गन्तब्यको रुपमा समेत चिनिएको कतारका विभिन्न सहरमा रहेका म्याग्देलीहरुसँग नियमित सम्पर्कमा रहेको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बेनीअनलाइनलाई बताए ।

‘हामीले नियमित सम्पर्क स्थापित गरिरहेका छौ,‘कतार सरकारको नियमलाई पालना गर्न सामाजिक सञ्जालबाट जानकारी गराइरहेका छौ’ पौडेलले भने । उनका अनुसार नेपाली दुताबासको सर्कुलरलाई समेत पठाइरहेकाले अलपत्र परेका वा खान नपाइ भोकै बस्नुपर्ने अवस्था नभएको बताए ।

कतारमा करिव ५ हजारको हाराहारीमा म्याग्देली रहेको अनुमान गरिएकाले सबै म्याग्देलीहरुसँग भेटघाट नभएपनि सामाजिक सञ्जालमार्फत समेत अपिल गरिरहेको मोना कतारले जनाएको छ । कतारमा रहेका मोना आइसीका महासचिव बिक्रम कार्की, सचिव रमेश पौडेलले समेत मोनाको जानकारीहरुलाई उपलब्ध गराइरहेका छन् ।

कम्पनीले समेत खाना लगायतका आवश्यक साम्रागी समेत उपलब्ध गराएकाले समेत सहज भएको छ । हालसम्म म्याग्देलीलाई कोरोना संक्रमण नदेखिएपनि अनावश्यक काममा बाहिर ननिस्कन समेत अनुरोध गरिएको छ । संस्थामा आवद्ध रहेका म्याग्देलीहरुको सामुहिक च्याटबाट समेत आफ्नो क्षेत्रमा रहेकाहरुको अवस्थालाई बुझ्ने प्रयास भइरहेको जनाइएको छ। कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न सकिने जनाइएको छ ।

Leave a Reply