मोना साउदीले म्याग्दीमा पाँच स्थानीय तहलाई पीपीई सहयोग

0

म्याग्दी प्रवासी नेपाली संघ  (मोना) साउदी अरबले कोरोना रोकथाममा स्वास्थ्यकर्मीलाई आवश्यक १० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न म्याग्दीका पाँचवटा गाउँपालिकालाई २–२ थान पीपीई बिहिबार एक कार्यक्रम गरी मोना साउदीको तर्फबाट चन्द्रकुमार केसीले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले प्रवासी म्याग्देलीको सहयोगलाई सम्बन्धित गाउँपालिकामा पुर्याउने बताउनुभयो । मोना साउदीले भविस्यमा समेत सहयोग गर्ने बरिष्ठ उपाध्यक्ष सुबोध बरुवाल र महासचिव तिलक पुन मगरले बताउनुभयो । उक्त कार्यक्रममा कोभिड–१९ म्याग्दी कमाण्ड पोष्ट अन्तरगतका सदस्यहरुको उपस्थिती रहेको थियो यसअगाडी मोना हङकङले बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहलाई पीपीई सहयोग गरेको थियो ।

Leave a Reply