बरंजाका दमाईलाई मोना कतारको सहयोग

0

कतारमा समस्यामा परेका एक म्याग्देलीको मोना कतारलाई खाद्यान्न सहयोग गरेको छ। कतारमा कोभिड(१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि कम्पनीबाट बाहिर निस्किदाँ उच्च सतर्कता अपनाउन अपिल सहित समस्या परेमा सहयोग दिन अनुरोध गरेपछि मंगला गाउपालिका–३ बरंजाका हर्क बहादुर दमाईलाई एक महिनासम्म पुग्ने खाद्यान्न सहित नगद सहयोग गरेको अध्यक्ष तिलु शर्मा पौडेलले बेनीअनलाइनलाई भने ।

गत बर्ष कतार आएका दमाईका बारेमा याम रामदामले जानकारी गराएपछि अध्यक्ष पौडेल, सचिव देविदत्त कंडेलले भेटेका छन् । दमाईलाई कम्पनीले टिकट, बस्न दिएपनि खाना नदिएको अवस्थामा तत्काल आवश्यक पर्ने सहयोग गरेको मोना कतारले जनाएको छ ।

ट्राभलले दिएको भौचर देखाउदै उनले अन्तराष्ट्रिय उडान खुले पछी अफिसमा आएमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएर फर्किएको अध्यक्ष पौडेलले बताए । सहयोग ग्रहण गर्दै हर्क बहादुरले संस्थालाई धन्यबाद दिदै कतारमा आएर संस्थामा सम्पर्क गर्नुपर्ने रहेछ भन्ने महसुस गरेको बताए ।

खाडीमुलुकमा सबैभन्दा आर्कषक गन्तब्यको रुपमा समेत चिनिएको कतारका विभिन्न सहरमा रहेका म्याग्देलीहरुसँग नियमित सम्पर्कमा भएपनि तथ्याङ्मा देखिए अनुसार धेरै सम्पर्क बाहिर रहेकाले समस्या भएमा सम्पर्कमा आउन अनुरोध समेत गरेका छन् । कतारमा करिव ५ हजारको हाराहारीमा म्याग्देली रहेपनि हालसम्म करिव ८ सय सम्पर्कमा रहेका छन् ।

Leave a Reply