‘ओम्‍नी’ ब्रान्डमा तुलहरिको व्यापार, फर्केर हेर्नुपरेन

0

कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणअघि व्यावसायिक क्षेत्रमा तुलहरिसिंह भुसाल खासै सुनिएको नाम होइन । उनी नेपालको ठूलो व्यावसायिक घरानाका व्यक्ति होइनन् ।

राजनीतिक रूपमा पनि त्यति सक्रिय वा पहुँचवाला होइनन् तर प्राप्त विवरणमा उनी कर्पाेरेट क्षेत्र र सरकारी निकायहरूको ठेक्कापट्टामा जम्दै गएको देखिन्छ। ‘उहाँले जुन दिनबाट व्यापार गर्नुभयो, पछाडि फर्किएर हेर्नुपरेन,’ तुलहरि निकट स्रोतले भन्यो, ‘कर्पोरेट क्षेत्रमा होस् वा सरकारी, उहाँको कम्पनीले ठेक्का हालेको ठाउँमा पछि हट्नै परेन।’

विश्व बैंक र एसियाली विकास बैंकमा परामर्शदाताका रूपमा काम गर्दागर्दै अर्घाखाँचीका तुलहरि ०६३ असार ४ गते ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनी खोलेर व्यापारतर्फ मोडिएका हुन्। त्यतिखेर उनी ललितपुरको कुपन्डोलस्थित दुर्गाप्रसाद बेल्बासेको घरमा भाडा तिरेर बस्थे। तुलहरिले उनै घरधनी बेल्बासे र साबिक सिद्धबाबा गाविस–९ अर्घाखाँचीका भानुभक्त भट्टराईका नाममा ओबीसीआई कम्पनी दर्ता गरे। आफ्ना नाममा कम्पनी दर्ता नगरी उनले सुरुवाती दिनदेखि नै व्यापारिक चलाखी गरेको देखिन्छ। याे खबर कान्तिपुर दैनिकमा छ ।

Leave a Reply