१०१ वर्षीय वृद्धले जिते कोरोना भाइरस, घर फर्किएपछि परिवारसँग साटे खुशी

0

बेलायतका एक १०१ वर्षीय वृद्धाले कोरोना भाइरस जितेका छन् । लामाे समयकाे उपचारपछि बेलायत वोरसेस्टरशायरका वृद्ध किथ वाट्सन काेराेनामुक्त भएर घर फर्किएका छन् । अर्कै रोगको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका बेला परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो।

किथ वाट्सनले अस्पतालबाट घर फर्केपछि परिवारसँग खिचिएको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।कोरोना भाइरस वृद्धवृद्धा तथा रोगी मानिसमा बढी संक्रमाण हुने गरेको पाइएको छ । हालसम्म कोरोना भाइरसले ज्यान जानेहरुमा ९० प्रतिशत मानिस वृद्धवृद्धा रहेका छन् ।कोरोना भाइरसका कारण हालसम्म बेलायतमा ७ हजार ९७८ जनाको ज्यान गइसकेको छ

Leave a Reply