बागलुङका क्षेत्रीलाई बेलायतमा कोरोना संक्रमण, उपचारको क्रममा मृत्यु

0

कोरोना भाइरस (कोभिड १९) का कारण बेलायतमा एक नेपालीको ज्यान गएको छ। पुर्ख्यौली घर बागलुङ भएका नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर केसीको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो ।

सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्य उपचार कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए । उनी मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । Source: londonnepalnews.com

 

 

 

 

 

Leave a Reply