बाग्लुङमा चट्याङका कारण एकको मृत्यु, ६ घाईते, तीनजनाको अवस्था गम्भीर

0

बागलुङको बलेवामा एक युवकको चट्याङ लागेर मृत्यु भएको छ । बाग्लुङ नगरपालिका- १३ का  २६ वर्षीय शंकर रिजालको चट्याङ लागेर मृत्यु भएको बाग्लुङ प्रहरीले जानकारी दिएको छ । घरको पीढीमा बसिरहेका  रिजाललाई शनिबार दिउसो ४ बजे चट्याङले लागेको थियो ।

चट्ट्याङबाट गम्भीर स्वास्थ्यअवस्थाका उनलाई उपचारका लागी  धौलागिरी अञ्चल अस्पताल पु¥याईपनि  उपचारको क्रममा  मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यस्तै दोस्रो चट्याङका कारण  पैयुँपाटामा ५ जना घाईते भएका छन भने तीनजनाको अवस्था गम्भिर रहेको बाग्लुङ प्रहरीका एसपी नवराज भट्टले जानकारी दिएका छन । source:tvannapurna.com

Leave a Reply