राष्ट्रिय वाणिज्य बैंकले विपन्नलाई खाद्यान्न र मास्क वितरण

0

राष्ट्रिय वाणिज्य बैंक बेनी शाखाले अति विपन्न परिवार र मजदुरी गरी दैनिक गुजरा जलाउँदै आएका २५ घरपरिवारलाई खाद्यान्न साम्रागी र मास्क वितरण गरेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को कारण समस्यामा परेकालाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बेनीबजारको न्यूरोड, कालिपुल र पर्वतको जलजला गाउँपालिकाको वारीबेनीका बसोबास गर्नेलाई सहयोग गरेको शाखा प्रबन्धक अर्जुन तिवारीले बैंकले बताउनुभयो ।‘यो जटिल समयमा विपन्नलाई राहत वितरण गरेका छौ,‘बैंकबाट दिइने सेवाहरुलाई पनि निरन्तरता दिइरहेका छौ’ प्रबन्धक तिवारीले भन्नुभयो । उहाँले बैंकमार्फत प्रवाह हुने सेवासँगै वित्तिय साक्षरता कार्यक्रमलाई समेत प्राथमिकता दिएको बताउनुभयो । राहत बुझ्दै विपन्न परिवारले घरमै राहत पाएपछि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । बैंकले गएको पुस महिनामा बेनी नगरपालिका–२ खवराको हंशबाहिनी आधारभुत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी साम्रागी सहयोग गरेको थियो ।

Leave a Reply