गलकोट र ताराखोलामा कोरोना र्यापिड टेष्ट रिपोर्ट नेगेनिभ ।

0

आईतबार गलकोट नगरपालिका १० वडा वडाका १ सय ९ जनाको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ ।  परीक्षण गरेका सबैको रिपोर्ट नेगेटिभ आएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिए ।

गैरेका अनुसार गलकोट नगरपालिका वडा नम्वर १ का ३०, वडा नम्वर २ का १०, वडा नम्वर ३ का १६, वडा नम्वर ४ का ९, वडा नम्वर ५ का १५, वडा नम्वर ६ का ९, वडा नम्वर ७ का २, वडा नम्वर ८ का १०, वडा नम्वर ९ का ५, वडा नम्वर १० का ३ गरि कुल १ सय ९ जनाको कोरोना द्रुत परिक्षण गरिएको थियो ।

परिक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ देखिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिए । सरकारले गत चैत १ गते पछि छिमेकी राष्ट्र भारत लगायत अन्य विदेशी मुलुकबाट घरमा फर्किएका नागरिकहरुमा कोभिड १९ को परीक्षण गरिएको गलकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

उनीहरुको गलकोट बहुमुखी क्याम्पस हटियामा परिक्षण गरिएको बताईएको छ । आईतबार गलकोटमा परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएकोले नआत्तिन र सावधानी अपनाउँदै सरसफाईमा विशेष ध्यान दिन समेत गलकोट नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ११ मा द्रुत परिक्षण गरिने छ ।

त्यस्तै ताराखोला गाँउपालिकामा पनि आईतबार नै द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ । गाउँपालिका भित्रका ३८ जनाको परिक्षण गरिएकोमा ३६ जनाको रिपोर्ट नेगेटिभ आएको ताराखोला गााउपालिका स्वास्थ्य संयोजक दिपक बहादुर खड्काले जनाकारी दिए । २ जनाको रिपोर्ट आउन बाँकी रहेको संयोजक खडकाले बताए ।

दुर्त परिक्षण २७ जना पुरुष र ११ जना महिलामा परिक्षण गरिएको थियो । खड्काका अनुसार ताराखोला गाँउपालिका वडा नम्वर १ का २, वडा नम्वर २ का ७, वडा नम्बर ३ मा १७, वडा नम्वर ४ मा ३ र वडा नम्बर ५ मा ९ जनाको कोरोना परिक्षण गरिएको थियो । गत चैत १ गते पछि छिमेकी मुलुक भारत लगायत अन्य विदेशी मुलुकबाट घर फर्किएका नागरिकहरुमा कोभिड १९ को परिक्षण गरिएको ताराखोला गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना परिक्षणको लागि नेपाल सरकारले जिल्लामा नै काठमाण्डौ बाट स्वास्थ्यकर्मी सहितको टोली पठाएको छ । थम्मन थापा/बागलुङ

Leave a Reply