जिबिसको गाडी दुर्घटना

0
192

पर्वतदेखि काठमाण्डौतर्फ जादै गरेको जिबिस पर्वतको गाडी बिहीबार दिउसो तनहुमा दुर्घटना भएको छ ।

बा १ झ ६९३९नम्बरको सो गाडीलाई पछाडीबाट आइरहेको ग १ ज ५३५५ नम्बरको मिनिबसले ठक्करदिएपछि पृथ्वीराजमार्ग अन्तर्गतको घासीकुवामा दुर्घटना भएको हो । दुर्घटनामा चालक चन्द्रबहादुर क्षेत्री घाइते भएका छन ।

स्थानिय बिकास अधिकारी मणीकुमार ज्ञावली र सहलेखापाल देब शर्मा भने सकुशल रहेको ज्ञवालीले जानकारी दिनुभयो । घाइते चालक क्षेत्रीको पोखराको फेवासिटी अस्पतालमा उपचार भैरहेको छ ।