काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोना संक्रमणको आशंका

0

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमै बस्ने एकै परिवारका ३ जनामा कोरोना भाइरस संक्रमणको आशंका देखिएको छ । अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई र्‍यापिड  टेस्ट गर्दा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो ।

स्रोतका अनुसार उनीहरु ३ जनालाई नै पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले उनीहरुको  पीसीआरका लागि पठाइएको छ।उक्त परिवार चैत ५ गते लन्डनबाट फर्किएको थियो । अहिले उक्त बिल्डिङलाई नै लकडाउन गरिएको छ ।

Leave a Reply