गण्डकी प्रदेशभित्र क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ खर्च

0

कोरोना भाइरस आशंका र रोकथामका लागि क्वारेन्टाइन बनाइएपनि बस्न आनकानी गर्नेहरु धेरै छन् । अझै विदेशबाट आएकाभन्दा गाउँमै कोरोनाको लक्षण देखिएकाले अस्पतालमा गए क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै घरमै रुघाखोकी र ज्वरोको औषधी लिएर बस्ने गरेको देखिन्छ ।

क्वारेन्टाइनमा बस्नुपर्नेहरुलाई खोज्दा हैरानी हुन थालेपछि गण्डकी प्रदेश सरकारले अब क्वारेन्टाइनमा बस्नेलाई दिनको ५ सय १० रुपैयाँ खर्च गर्ने भएको छ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताउनुभयो । स्थानीय तहले ब्यवस्था गरेको क्वारेन्टाइनमा बस्ने प्रति ब्यक्तिलाई उक्त खर्च गर्ने मन्त्री बस्नेतले बताउनुभयो ।

प्रदेश सरकारले कोरोना रोकथामका लागि सुरक्षा सामग्री खरिद गर्न सुरक्षा निकायलाई ४५ लाख रुपैयाँ विनियोजन समेत गरेको छ । प्रदेशभित्रका सबै स्थानीय तहमा निर्मित क्वारेन्टाइनसँगै अस्पताल वा सरकारी मापदण्ड अनुसार बनाइएका क्वारेन्टाइनमा बस्नेहरुलाई भत्ताको सुविधा देशमै पहिलोपटक गरिएको हो ।

त्यस्तै डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक एवं अन्य कर्मचारीका निम्ति दिनको बढीमा २२ सय ५० रुपैयाँ दरले खर्च गर्न सीमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यो रकम खाने, बस्ने र खाजाका लागि हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना उपचारका लागि आइसोलेसन वार्ड बनाइएको छ।

Leave a Reply