सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमण पुष्टी

0

काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएकाले कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । सनसिटीमा रहेको पाँचवटा विल्डिङ मध्ये कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । सनसिटीको यो संक्रमणले अपार्टमेन्टसँगै आसपासका क्षेत्रमा समेत जोखिम बढेको छ । अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ ।

Leave a Reply