‘बिग्रेका ‘थर्मल गन’ भए हामीलाई दिनुस्, नयाँ बनाउँछौं : महावीर पुन

0

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बिरामीको तापक्रम नाप्ने ‘थर्मल गन’ बनाउने सामान बजारमा नपाइएकाले कसैसँग बिग्रेका ‘थर्मल गन’ छन् भने केन्द्रलाई उपलब्ध गराइदिनुहुन आह्वान गरेका छन् ।

पुनले आविष्कार केन्द्रमा टीम बनिसकेको र काम पनि सुरु भइसकेकाले तर त्यसको ‘एमएलएक्स९०६१४ इन्फ्रायर्ड सेन्सर’ बजारमा नपाएकाले बिग्रेका ‘थर्मोगन’ बाट त्यस्ता सेन्सरहरू झिकेर कामचलाऊ थर्मोगन बनाउन लागेको पनि उनले जानकारी दिएका छन् ।

रामोन म्यागासेसे पुरस्कार विजेता सामाजिक अभियन्ता पुनले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक उपकरण बनाउने क्रममा ‘थर्मोगन’ बनाउन लागिपरेका हुन्। Source: breaknlinks.com

Mahabir Pun
खोई त बिग्रेको काम नगर्ने लेजर थर्मोगन कुनै अस्पताल संग पनि छैन कि क्या हो? यदि पायो भने थर्मोगनहरु पक्कै बन्छ. सम्पर्क 9841592361

बिग्रेको वा काम नगर्ने लेजर थर्मोगनको लागी अस्पतालहरु र सुरक्षाकर्मीहरुलाई अनुरोध: सेन्सरको सामानहरु पायो भने यी थर्मोगनहरु पक्कै बन्छ, बन्छ १००% बन्छ.

यदि तपाईहरु संग बिग्रेको अथवा काम नगर्ने लेजर थर्मामिटर अथवा IR थर्मोगन छ भने र राष्ट्रिय आविष्कार केन्द्र लाई दिन चाहनु हुन्छ भने मलाई तुरुन्त 9841592361 मा सम्पर्क गर्नु होला. मैले हिजो पोष्ट गरे अनुसार बिरामीको तापक्रम नाप्ने लेजर थर्मोगन बनाउने टीम बनि सकेको छ र काम पनि सुरु भैसकेको छ. तर त्यसको लागि चाहिने MLX90614 Infrared Sensor बजारमा उपलब्ध भएन. त्यसैले बिग्रेको लेजर थर्मोगनहरु बाट नै ति सेन्सरहरु निकालेर कम चलाउ थर्मो गन बनाउने योजना बनेको छ. साथै कसै संग बेच्नको लागी भनेर Nokia 5110 को LCD Display र Arduino Uno छ भने पनि सम्पर्क गर्नु होला. धन्यबाद.

Leave a Reply