पोखराकी ५५ वर्षीया महिलाको आरडीटी रिपाेर्ट पोजिटिभ

0

गण्डकी प्रदेशको केन्द्र पोखरामा एक महिलालार्ई यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी ५५ वर्षीया महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो। पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

Leave a Reply