मोना स्पेनले बेनी अस्पतलालाई बाईप्याप मेसिन सहयोग

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले बेनी अस्पताललाई सास फेर्न कठिन भएका बिरामीले प्रयोग गर्ने बाईप्याप मेसिन सहयोग गर्ने भएको छ ।

अस्पतालमा आवश्यक महत्पपूर्ण उपकरणहरु जुटाउने अभियान सञ्चालन भएसँगै मोना स्पेनको भाइरब बैठकले कोरोना भाइरस बिरुद्धको अभियान तथा नियमित दमका रोगीहरुलाई आवश्यक पर्ने मेसिन खरिद गर्न साढे दुई लाख सहयोग गर्ने निर्णय गरेको मोना स्पेनका अध्यक्ष लक्ष्मण खत्रीले बताउनुभयो।

‘अनलाइन बैठकबाटै हामीले जिल्लाबासीलाई सहयोग गर्ने निर्णय गरेका छौ,‘भविस्यमा पनि सहयोग गर्नेछौ’ अध्यक्ष खत्रीले भन्नुभयो ।

म्याग्दीमा सामाजिक अभियान्ता चन्द्रकुमार केसीले कोरोना भाइरस बिरुद्धको अभियानमा चिकित्सकलाई जुध्न सहज हुने गरी आवश्यक उपकरणहरु खरिदको अभियान अन्तरगत मोना स्पेनलाई पत्र पठाउनुभएको थियो ।

मोना स्पेनका सचिव रामु सापकोटाले दुईवटा (BiPAP machine: Bilevel Positive Airway Pressure machine-बाईप्याप) मेसिन मध्ये एउटालाई पर्ने लागत संस्थाले उपलब्ध गराउने जानकारी दिनुभयो । दम, कोरोना भाइरसको संक्रमितलाई छातीको संक्रमण हुदाँ सास फेर्न समस्या हुने गरेको अवस्थामा उक्त मेसिनको प्रयोग हुन्छ ।

स्वासप्रस्वासका समस्या भएका बिरामीलाई आवश्यक पर्ने उपकरणको सहयोगले सहज भएको चिकित्सकको भनाई छ । यसैबीच अर्को बाईप्याप मेसिनका लागी समेत प्रयास भइरहेको छ भने केहीदिनमा अस्पतालमा सहयोग जुटाएरै भ्यान्टिलेर समेत हस्तान्तरण गरिने छ ।

Leave a Reply