लकडाउनले समस्यामा परेका ८७ जनालाई खाद्यान्न सहयोग

0

कोरोनाभाइरसका कारण बढी प्रभावित यूरोपेली मुलुक स्पेनमा समस्यामा परेका नेपालीलाई खाद्यान्न सहयोग गरिएको छ । शिक्षा, रोजगार लगायत यूरोपका अन्य देशबाट आएर समस्यामा परेकालाई आर्थिक सहयोग जुटाएर ८७ जनालाई खाद्यान्न सहयोग गरिएको स्पेनमा सक्रिय रहेको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका संयोजक सान्तबहादुर क्षेत्रीले जानकारी दिनुभयो।

‘लकडाउनको समयमा सकसमा परेका नेपालीलाई सहयोग गरेका छौ,‘यो अभियान जारी छ’ क्षेत्रीले भन्नुभयो । एक ब्यक्ति बराबर १५ केजी चालम उपलब्ध गराइएको छ । सहयोग प्राप्त गर्नेमा अधिकांस भर्खर नेपालबाट प्रवेश गरेकाहरु भएको जनाइएको छ ।

अभियानमार्फत २२ सय १८ यूरो बराबरको खाद्यान्न साम्रागी सहयोग गरिएको राहत संकलन अभियानका संयोजक एवम् बेनी नगरपालिका वडा नं ३ भकिम्लीका क्षेत्रीले जानकारी दिनुभयो।

‘हाम्रो नेपाल हामी नेपाली’ अभियानमा वान एनसीसी वान प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई ५ सय यूरो, जर्मनबाट दिल गुरुङ ६ सय, एनआरएनए आइसीसीका पुर्व उपाध्यक्ष कुल आचार्य ५ सय यूरो, बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका बेनी नगरपालिका-३ भकिम्ली घर भई विश्व मगर महासंघ बेल्जियमका अध्यक्ष लोक बहादुर राना मगरको १५५ यूरो वराबरको खाद्यान्न सहयोग, स्पेनबाट सुबु शाहीद्वारा ५० यूरो सहयोग गर्नुभएको थियो ।

कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण नहुदाँसम्म समस्यामा परेकालाई सहयोग निरन्तर दिने ‘हाम्रो नेपाल हामी नेपाली’ले जनाएको छ ।

Leave a Reply