ज्यान मुद्दामा बहराइनमा जेल सजाय भोगिरहेका बेनी नगरपालिका–३,भकिम्ली खाराका दिलिप परियारलाई बहराइन सरकारले आममाफी दिएको छ ।

सन् २०११ मा बहराइनमा पुगेका परियारलाई विदेशी यूवतीलाई कुटपिट गरेको अभियोगमा सन् २०१३ जेलमा परेका परियारलाई सरकारले बाँकी सजाय मिनाह गरेपछि अन्तराष्ट्रिय उडान सुचारु भए लगत्तै नेपाल फर्किन पाउने मोना बहराइनका अध्यक्ष लोकबहादुर राम्जालीले बेनीअनलाइनलाई बताए।

‘अव समान्य प्रक्रिया पुरा गर्नुपर्छ,‘आम माफीको सूचीमा परियार पनि छन्’ राम्जालीले भने । आस्री जेलमा रहेका परियारले एकपटक अदालतमा पुगेर नेपाल फर्किन सक्ने बताउँदै मोनाले समेत सहयोग गर्ने बताए ।

कम्पनीबाट कोठामा फर्किने बेलामा आफुँसंगै रहेको एक इन्डोनिसियाकी एक यूवतीलाई उनका पूर्वप्रेमीले कुटपिट गरेर फरार भएपछि बहराइनको भाषा नबुझ्दा बिनाकारण जेल सजाय भोग्नुपरेको बताउँदै आएका परियारका बारेमा बेनीअनलाइनले यस अगाडी पटकपटक समाचार प्रकाशित गरेको थियो ।

घाईते अवस्थामा उद्धार गरिएकी यूवती २० दिन अस्पतालमा उपचार गरी घर फर्किएपनि विना आधारमा भाषाको ज्ञान नहुदाँ अदालतबाट १५ बर्षको सजाय तोकिएको अवस्थामा घर फिर्तीको खवरले परियारको घरमा समेत खुसीयाली छाएको छ ।कमाउन गएका परियार जेलमा परेपछि छोराछोरीको शिक्षादिक्षासँगै आमाबुबा र श्रीमतिलाई हातमुख जोड्न समेत समस्या भइरहेको थियो ।

परियारलाई घर फिर्तीको पहल स्वरुप कानुनी प्रक्रियामा समेत विभिन्न प्रयास गरिएको भएपनि सफलता मिलेको थिएन् । दिलिपकी श्रीमति मनकुमारीले दैनिक काम गरेर घर खर्च चलाउँदै आएकी थिईन् ।

More: बहराइनको जेलमा सजाय काटिरहेका दिलिपलाई घर फिर्तीको पहल