गलेश्वरमा खानेपानीको चैत्र महिनाको शुल्क मिनाह

0

बेनी नगरपालिका-९, गलेश्वरधाम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताहरुलाई चैत महिनाको खानेपानी महसुल सतप्रतिशत छुट दिएको छ । गलेश्वर बजारभित्र घरघरमा शुद्ध खानेपानी वितरण गरिरहेको संस्थाले चैत्र महिनाको खानोपानीको महसुल मिनाह गरिएको संस्थाका अध्यक्ष बमबहादुर पुनले बेनीअनलाइनलाई बताउनुभयो ।

‘बजारबासीलाई घरभित्रै बस्न अनुरोध गरेका छौ,‘उहाँहरुलाई खानेपानी नियमित आपुर्ती गर्न कर्मचारीलाई सुरक्षित तरिकाले परिचालन गरेका छौ’ अध्यक्ष पुनले भन्नुभयो । उहाँका अनुसार गलेश्वर बजारभित्र १ सय ४० घरधुरीलाई खानेपानीसँगै नगरपालिकासँग समन्वय गरी संकलन गरिने फोहोरको शुल्क समेत मिनाह गरिएको बताउनुभयो ।समितिको बैठकले फोहोर संकलनका लागी नगरपालिकालाई उपलब्ध गराउनुपर्ने ट्याक्टर सहितको भाडा भने आन्तरिक कोषबाट दिइने जनाएको छ ।

कोरोना सङ्क्रमणको डर र लकडाउनको कारण मजदूरी तथा व्यवसाय गर्नेहरुलाई असर गरेकोले छुट दिइएको समितिले जनाएको छ । एक महिनामा झण्डै ५० हजार बराबरको शुल्क असुल हुने गरेको थियो । खानेपानी संस्थामा आवद्ध भएका महिलाहरुले समेत कोरोना बिरुद्धको अभियानमा समेत समितिले साथ दिएको छ ।

 

Leave a Reply