कोरोना संक्रमित युवकले घाँटी काटेर आत्महत्या गरे

0

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अस्पतालमा भर्ना भएका एक जनाले आत्महत्या गरेका छन् ।भारतको महाराष्ट्रमा रहेका गुवाहिटी मेडिकल कलेजमा भर्ना भएका असामका एक ३० वर्षीय युवकले आत्महत्या गरेका छन् ।

भारतीय सन्चारमाध्यमका अनुसार अस्पतालको शौचालयमा घाँटी काटेको अवस्थामा उनी भेटिएका थिए । कोरोना भाइरससँग सम्बन्धित लक्षण देखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना भएका उनको रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको थियो ।

घाँटी काटेको अवस्थाम अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकले जनाएका छन् ।यसअघि पनि भारतकै नयाँदिल्लीको एक अस्पतालमा भर्ना भएका एक जनाले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

Leave a Reply