विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु

0
कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिका र बेलायतमा बढी प्रभावित
बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् ।न् ।

त्यस्तै, अस्ट्रेलियामा आठ जना नेपालीमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यहाँ थप सात जना नेपाली क्वारेन्टाइनमा रहेका छन् ।त्यस्तै खुला सिमाना रहेको भारतमा धेरै नेपाली कामदारलाई कोरोना सङ्क्रमण भएको अनुमान छ । मन्त्रालयलाई प्राप्त जानकारीमा भने एउटै परिवारका आठ जनाको विवरणमात्र सामेल छ । अछाम घर भएका ती परिवारको उपचार भइरहको छ ।

Leave a Reply